मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

२७ पुष २०७९, बुधबार १३:५० प्रकाशित

मधेस प्रदेशमा मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।
१०७ जना प्रदेश सभा सदस्य मध्ये ६३ सांसदको समर्थनसहित दाबी पेश गरेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनको शपथ पुस २९ मा हुने भएको छ।
बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदसहित ६३ सांसदले समर्थन गरेका छन्।

प्रदेशका निवर्तमान सभामुखसमेत रहेका यादव बारा १ (२)बाट          निर्वाचित भएका हुन् ।   

२७ पुष २०७९, बुधबार १३:५०  मा प्रकाशित

Write your Comment