बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुर बजारमा रहेको सिटि मार्केटमा आज बिहान करिब ७:३० बजेको समयमा आगलागी हुदाँ करोडौको क्षति भएको छ ।
अनिल साहले संचालन गरेको कपडाको पसल बाट आगलागी सुरु भएको थियो ।बिधुत शर्ट भएर आगलागी भएको हुन् सक्ने प्रहरीले आशंका गरेको छ । आगो किन र कसरी लाग्यो भनेर अनुसन्धान जारि रहेको समेत प्रहरीले जनाएको छ ।
ब्यापारी मनोज साहले आगो लागेको देखे पछि हो हल्ला गरे पछि स्थानियाहरुको भिड जम्मा भएको थियो भने जीतपुरसिमरा उपमहानगरपालिकाको बरुण यन्त्र, बिरगंज महानगरपालिकाको बरुण यन्त्र र नेपाल आयल निगमको बरुण यन्त्रको मदतले आगोलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।
करिब ७;३० बजे लागेको आगो ९ बजे नियन्त्रणमा आएको थियो । समयमै स्थानीय,प्रहरी र बरुण यन्त्रको मदतले आगोलाई नियन्त्रणमा लिएको कारण सिटि मार्केट भित्र रहेको ६ वटा पसलमा मात्र आगलागी भएको थियो । आगलागी भएको खबर पाए पछि सिटि मार्केटमा संचालन गरेको पसलेहरुमा भाग दौड मचेको थियो सबैले अ-आफ्नो पसल भित्र रहेको लता कपडा बचाउन प्रयासमा लागेको थियो । कतिपयले समान ओसार पसार गर्दा पानीमा कपडा खसेको कारण आफुहरुको पनि पसल भित्र रहेको कपडा काम न लाग्ने भएको बताएका छन्