एमालेको ग्रासरुट अभियान बाराको गाउँ गाउँमा

१७ फाल्गुन २०७९, बुधबार १६:४२ प्रकाशित

नेकपा एमाले नेकपा एमाले परसौनी गाउँ पालिका कमिटीको बैठक आज परसौनिमा सम्पन्न भएको छ । बैठकले ग्रासरुट अभियान गाउँ गाउँमा पुर्याउने निर्णय गरेको छ ।
बैठकमा केन्द्रीय सदस्य तथा ग्रासरुट अभियानका प्रतिनिधि अरविन्द सिंहले ग्रासरुट अभियानको बारेमा प्रष्ट पार्नुभएको थियो ।
त्यसैगरी प्रदेश कमिटी सदस्य मनोज पौडेलले प्रधानमन्त्री प्रचण्डका कारण देश अस्थिरता तर्फ धकेलिएको तर्क गर्नुभयो । उहाले प्रचण्ड बोलिको ठेकान नभएको नेता भएको दाबी गर्नु भयो ।
गाउँपालिका अध्यक्ष भगवती न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेस कमिटि सदस्यहरु राजमहमद राय,बिनोद पटेल,सुनिल पाल,जिल्ला कमिटी सदस्यहरु तारा कार्की,ध्रुब यादब,हेमराज न्यौपाने,रमेस खरेल,अशेस्वर गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
बैठकले वडा कमिटीका बैठकहरु तय गरेको छ । तसका साथै जनसङ्गठन संयन्त्रको भेला आयोजना गर्नुकासाथै स्थानीय तह सन्चालनका लागि पालिका दल तथा वडा दल निर्माण गर्ने निर्णय गरेको छ । वडामा जिल्ला कमिटी सदस्यहरुलाई ग्रासरुट अभियानको प्रतिनिधि खटाउने समेत निर्णय गरेको छ ।

१७ फाल्गुन २०७९, बुधबार १६:४२  मा प्रकाशित

Write your Comment