जनताको अभिमतको अपमान गर्नेलाइ बाराली जनताले भोट दिनेवाला छैनन-उम्मेद्वार पुरुषोत्तम पौडेल

२३ चैत्र २०७९, बिहीबार १५:४५ प्रकाशित

बारा २३ चैत्र :
नेकपा एमालेको तर्फ बाट बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार पुरुषोत्तम पौडेलले सप्तरिको छाता बारा क्षेत्र नम्बर २ को सानो हावाले उडाएर सप्तरीमै पठाइ दिने दाबी गर्नु भएको छ । नेकपा एमाले करैयामाइ गाउपालिका कमिटीको बिस्तारित बैठकलाइ सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
पौडेलले क्षेत्र नम्वर २ लाइ खोसेर सप्तरी लैजाने षडयन्त्र गरिएको आरोप लगाउदै त्यसले जनताको अभिमतको अपमान भएको स्पष्ट पार्नु भयो । जनताले गत मन्सिरमा जसपाका उम्मेदवारलाइ भोट दिएर जिताए,जितेका सान्सदले राजिनामा दिएर उपराष्टपती बन्न गए त्यसले जनताको अभिमतको जसपाले अपमान गरेको छ,अब जनताले जसपालाइ भोट दिनेवाला छैनन पौडेलको भनाइ थियो । उम्मेद्वार पौडेलले भन्नू भयो उपेन्द्रजिले मोरङमा जितेर के गर्नु भयो ?,सप्तरिमा काम नगरेको भएर जनताले हराएर पठाए अब बारामा आउनुभएकोछ यहाका जनताले पनि फिर्ता पठाउने पौडेलले दाबी गर्नु भयो ।
गाउपालिका कमिटिका अध्यक्ष धिरेन्द्र चौधरिको सभापतित्वमा सम्पन्न कार्यक्रममा पोलिटब्युरो सदस्य ज्वाला साह,अच्युत मैनाली केन्दृय सदस्य बलबिर चौधरी ,सरस्वती चौधरी प्रदेश कमिटी सदस्री देवनारायण चौधरी ,त्रिलोकि चौधरी ,मनोज पौडेल ,रबिन्द्रदास श्रेष्ठ ,दसरथ राम,भुलन चौधरी ,रबिन्द्र खकुरेल लगायतको उपस्थितीरहेको थियो ।

२३ चैत्र २०७९, बिहीबार १५:४५  मा प्रकाशित

Write your Comment