एमालेको मिसन ग्रासरुट अन्तर्गत मधेस प्रदेसको समीक्षा बैठक बर्दिबासमा सुरु

१४ बैशाख २०८०, बिहीबार १५:४३ प्रकाशित

बर्दिबास १४ बैशाख :
नेकपा एमाले मिसन ग्रासरुट (पार्टी सुदृढिकरण तथा बिस्तार अभियान-२०७९ ) अन्तर्गत मधेश प्रधेसको समीक्षात्मक बैठक बर्दिबासमा सुरु भएको छ । बैठकमा पार्टिका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल,महासचिब शन्कर पोखरेल,उपमहासचिब प्रदिप ज्ञवाली,सचिब तथा मधेस प्रधेस सह इन्चार्ज रघुबिर महासेठको उपस्थिती रहेको छ । बैठकमा उपमहासचिब ज्ञावालिले रिपोर्ट प्रस्तुतिका बिषय र प्रकृयाका बारेमा बिषय प्रबेश गराउनु भएको थियो। बैठकमा प्रदेशका ८ वटै जिल्ला अध्यक्षहरुले जिल्लामा मिसन ग्रासरुट अन्तर्गत भएका कामको रिपोर्टिङ गर्ने ,त्यसमा केन्दृय प्रतिनिधिहरुले थप कामको समिक्षात्मक रिपोर्ट राख्नुहुने छ । केन्दृय प्रतिनिधि र जिल्ला अध्यक्षले रिपोर्टिङ गरिसकेपछि बरिष्ठ उपाध्यक्ष सहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम एमाले मधेस प्रधेस कमिटिका सम्योजक रामअबतार यादवको सभापतित्वमा सन्चालन भइरहेको छ ।

१४ बैशाख २०८०, बिहीबार १५:४३  मा प्रकाशित

Write your Comment