निर्माण व्यवसायी रामाकान्त चौरसिया सिडिओ कार्यालयमा हातपात र तोडफोड गरेको आरोपमा पक्राउ

२८ जेष्ठ २०८०, आईतवार १६:२३ प्रकाशित

निर्माण व्यवसायी संघ पर्साका पूर्वअध्यक्ष रामाकान्त चौरसिया पक्राउ परेका छन् । छलफलका क्रममा अर्को पक्षमाथि हातपात गरेको आरोपमा चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासन कार्यालय (सिडिओ) पर्सामा सहायक प्रमुख जिल्ला अधिकारीको रोहबरमा चलिरहेको छलफलका क्रममा चौरसियाले अर्को पक्षका व्यक्तिमाथि हातपात गर्दै कार्यालयमा रहेको टेबल तोडफोड समेत गरेपछिपछि उनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीकाअनुसार जिल्ला प्रशासन कार्यालयमा हातपात र तोडफोड गरेको भन्ने सूचनाको आधारमा चौरसियालाई नियन्त्रणमा लिइएको हो । उनलाई हाल जिल्ला प्रहरी कार्यालयमै राखिएको नायब उपरिक्षक बुडाथोकिले जानकारी दिए ।

निर्माणको क्रममा भएको लेनदेनको विषयलाई लिएर सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको रोहबरमा चौरसिया र अर्का एक निर्माण व्यवसायी विच छलफल चलिरहेको थियो । छलफलकै क्रममा उनीहरुले एक अर्कामाथि हातपात गर्दै तोडफोड समेत गरेपछि प्रहरीमा पठाइदिएको सहायक प्रमुख जिल्ला अधिकारि भीमकान्त पौडेलले जानकारी दिए ।
चौरसियालाई छाड्न दवाव दिन अहिले नेपाली कांग्रेसका ठूलाबडा नेता सिडिओ र जिल्ला प्रहरी कार्यालयलाई दिइरहेका छ्न ।

२८ जेष्ठ २०८०, आईतवार १६:२३  मा प्रकाशित

यो पनि पढ्नुहोस:

Bahis Giriş Piyasalarının Farklı Türlerini Keşfetme

Write your Comment