अतिरिक्त हुलाक कार्यालय खारेजीको बिरोध गर्दै कर्मचारी आन्दोलित

८ असार २०८०, शुक्रबार २१:३७ प्रकाशित

सरकारले अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेपछि त्यसमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले अतिरिक्त हुलाका कार्यालय खारेजीको विरुद्धमा धर्ना कार्यक्रम समेत आयोजना गरेका छन् । देशैभरमा झण्डै ११ हजार हुलाक कर्मचारी कार्यरत छन् भने बाराका ७० वटा अतिरिक्त हुलाक कार्यालयहरू २१० जाना कर्मचारी कार्यरत छन् । कर्मचारीहरुले असार ५ गतेदेखि देशै भरका जिल्ला हुलाक कार्यालयमा घर्ना दिदै आएका छन् । सरकारका अर्थमन्त्री प्रकाशसरण महतले यस आर्थिक वर्षबाट अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने घोषणा गरेका छन । त्यसका विरुद्धमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । यसैबिच बाराको सदरमुकाम कलैयामा पनि हुलाक कर्मचारीहरुले आन्दोलनको आन्दोलन गरेका छन् उनिहरुले सदरमुकाम कलैयामा रहेको कार्यालयको मुलगेटमा धर्ना दिएर आन्दोलन गरेका हुन् ।

८ असार २०८०, शुक्रबार २१:३७  मा प्रकाशित

यो पनि पढ्नुहोस:

Bahis Giriş Piyasalarının Farklı Türlerini Keşfetme

Write your Comment