ठोरी गाउँपालिकाको नवौं गाउँसभा आज सम्पन्न भएको छ । मधेस प्रदेश सरकारका उर्जा, सिंचाई तथा खानेपानी मन्त्री सिंहासन साह कलवारको प्रमुख आतिथ्यतामा र गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
उद्घाटन कार्यक्रममा उपाध्यक्ष गोकुली रेग्मी, प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ , जिल्ला समन्वय समिति पर्साकी सदस्य शुशिला बिक तथा पुर्व उप-प्रमुख ठाकुर न्यौपाने, नेकपा एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, जसपाका पर्सा जिल्ला अध्यक्ष राम नरेश यादव, नेपाली कांग्रेसका प्रतिनिधि शम्भु पौडेल,वडाका वडाध्यक्ष र पालिका सदस्यहरु सहित ठोरीका जनप्रतिनिधिहरु,पत्रकार एवं गाउँबासीको सहभागीता रहेको थियो ।
उद्घाटन कार्यक्रम पश्चात सुरु भएको दोश्रो शत्रमा गाउँ पालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष द्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य शिक्षा र पूर्वाधारलाई व्यवस्थित गर्दै अघि बढाउने, स्नातक तहको शिक्षाका लागि थप व्यवस्थित गर्ने,प्राविधिक शिक्षालयलाई व्यवस्थित गरेर अगाडि बढाउने, युवा तथा खेलकुदको क्षेत्रमा नयाँ योजनाका साथ काम गर्ने लगायतका विषयहरु समेटिएका छन् । अध्यक्षद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । उद्घाटन कार्यक्रमकै क्रममा ठोरीका जेष्ठ नागरिकलाई परिचयपत्र बितरणको सुरुवात गरिएको थियो । गापाले दिएको जानकारी अनुसार ठोरीका ५ ओटै वडाका वडा कार्यालयहरुबाट आइतबार देखी नै ठोरीका सम्पुर्ण जेष्ठ नागरिकहरुलाई परिचयपत्र बितरण गरिनेछ ।