निजगढको नगरसभामा नीति तथा कार्यक्रम र ८० करोड १५ लाख ८६ हजारको बजेट पेश

९ असार २०८०, शनिबार २१:३५ प्रकाशित

निजगढ नगरपालिकाको नगरसभा तथा १२ औ अधिबेशनमा आज नीति तथा कार्यक्रम र बजेट पेश गरिएको छ ।
नगरसभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो । नगरपालिकाका प्रमुख सुरथ पुरिको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय राजमणि निरौला, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूको उपस्थिति रहेको थियो ।
नगर प्रमुख पुरिले पेस गर्नुभएको नीति तथा कार्यक्रममा नगरको स्वास्थ्य, शिक्षा, पूर्वाधार र कृषिलाई ब्यबस्थित र उत्पादनमुखी बनाएर जनताको जीवन स्तरसग जोडने कुरामा जोड दिनुभएको छ ।
त्यसैगरी नगर उपप्रमुख सोममाया थिङले८० करोड १५ लाख ८६ हजार रुपैयाँको बजेट पेस गर्नुभएको थियो ।

९ असार २०८०, शनिबार २१:३५  मा प्रकाशित

यो पनि पढ्नुहोस:

6 Casinos Las Vegas Locals Go To Wager Revealed

Write your Comment