पर्सागढी नगरपालिकाको ९ औ नगरसभामा नीति तथा कार्यक्रम र बजेट पारित गर्दै सम्पन्न भएको छ ।
पर्सागढी गाउँपालिका ९ नगरसभामा आगामी आर्थिक वर्षको २०८०/०८१ को नीति तथा कार्यक्रम र ५५ करोड बराबरको बजेट प्रस्तुत गरिएको थियो । नगरपालिकाका प्रमुख गोकर्ण पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख पुजा चौधरी, प्रमुख प्रशासकीय छबिरमण भट्टराइ, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूको उपस्थिति रहेको थियो । नगर प्रमुख पाठकले पेस गर्नुभएको नीति तथा कार्यक्रममा नया कार्यक्रमको रुपमा किसानसँग नगरप्रमुख कार्यक्रम सञ्चालन सन्चालन गरिने भएको छ । किसानको मनोबल उच्व बनाउन र कृषिलाइ जीवन सग जोडन सो कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । त्यसैगरी कार्यक्रममा जग्गाको खण्डीकरण र प्लटिङलाई निरुत्साहित गर्ने,सडकको दायाँबायाँ बिक्षारोपण रोपण गरि हरियाली सडक बनाउने,सबैभन्दा धेरै कर तिर्ने करदातालाई पुरस्कृत गर्ने, नमुना बस्ती निर्माण गर्ने, साथै पाँच वर्ष भित्र धुलो मुक्त नगर बनाएर कालोपत्रे गर्ने र नगरको सेवालाई प्रभावकारी बनाउने जस्ता लोकप्रिय कार्यक्रमहरु समावेश गरिएका छन् ।
त्यसैगरी आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि उपप्रमुख पुजा चौधरीले ५५ करोड बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।