पारिश्रमिक वृद्धि नभए श्रमिकहरुले भाद्र एक देखि आन्दोलन गर्ने ।

१३ श्रावण २०८०, शनिबार १५:४६ प्रकाशित

बारा र पर्साका श्रमिकहरुले पारिश्रमिक वृद्धिको माग गर्दै बिरगंज स्थित घन्टाघरबाट माइस्थान, आदर्शनगर, मकालु, घडिवर्ना पोखरी हुदै घन्टाघरपुगि नारा जुलुस सहित कोणसभा गरेको छन ।

र्‍यालीको नेतृत्व प्रदेश स्तरीय जिफन्ट आवद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन), NTUC आबद्ध नेपाल कारखाना श्रमिक संघ र अन्टुफ आवद्ध अखिल नेपाल औद्योगिक मजदुर संघ संगठनहरुले गरेका थिए !

कोणसभालाई सम्बोधन गर्दै समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) अध्यक्ष आनन्द थामीले श्रमिक विरुद्धको विभेद अन्त्य गरि श्रमिकको पारिश्रमिक साउन महिना भित्र नबढाए वाध्य भै भाद्र १ गते देखि अनिश्चितकालीन अवज्ञा आन्दोलन गर्ने सहमती भएको घोषणा गर्नु भयो !

नेपाल कारखाना श्रमिक संघका अध्यक्ष अमृतलाल जोशी र अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष बेनी तिमल्सिनाले आन्दोलन रहर नभई वाध्यता भएकोले नेपाल सरकारले श्रमिकको पारिश्रमिक शिघ्र बढाउन माग गर्नु भयो !

कोणसभामा ३ वटा संघका तर्फबाट अन्टुफका लाल बहादुर पटेल, जिफन्टका गिता भण्डारी र NTUC का माधव उपाध्यायले सम्बोधन गर्नु भएको थियो।

करिव १ हजार श्रमिक सहभागी रहेको दवावमुलक कार्यक्रममा केदार पटेलको सभापतित्व, स्वागत मन्तव्य हेमराज न्यौपाने र संचालन रामपुकार कामतीले गर्नु भएको थियो !           

१३ श्रावण २०८०, शनिबार १५:४६  मा प्रकाशित

यो पनि पढ्नुहोस:

6 Casinos Las Vegas Locals Go To Wager Revealed

Write your Comment