नेकपा एमाले मधेश प्रदेश कमिटीको संगठन विभागको बैठक पार्टी कार्यालय जनकपुरमा सम्पन्न भएको छ ।
बैठकले आगामी असोज ५ र ६ गते आयोजना हुने पार्टीको प्रथम प्रदेश अधिवेशनको तयारीका लागि विभिन्न कार्ययोजना प्रस्तावित गरेको छ ।
बैठकले अधिवेशनको प्रयोजनका लागि संगठित सदस्यताको प्रमाणीकरण यहि श्रावण मसान्तभित्रमा केन्द्रीय संगठन विभागबाट गराउने र प्रमाणीकरण भएका सदस्यले मात्र प्रतिनिधि चुनिने र चुन्ने अधिकार प्रयोग गर्न पाउने र नयाँ संगठित सदस्यको सपथ ग्रहण ( करिब ३० हजारको ) एकै दिन प्रदेश निर्वाचन क्षेत्र स्तर ( ६४ स्थान) मा आयोजना गर्ने निर्णय गरेको एमाले केन्द्रीय सचिब तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराइले जानकारी दिनु भयो ।
त्यसैगरी संगठन बिभागको बैठकले प्रदेश अधिवेशनका लागि प्रतिनिधिको छनौट प्रदेश भरी एकरुपता ल्याउनको लागि एकै दिन भाद्र २६ गते गर्ने र प्रतिनिधिको छनौट गर्दा समावेसीको साथै ३० बर्ष मुनिका युवाहरुलाई प्राथमिकता दिने प्रस्ताव गरेको प्रदेश कमिटिका सदस्य तथा संगठन बिभागका सचिब मनोज पौडेलले बताउनु भयो । प्रतिनिधि छनौट गर्दा निश्पक्ष,सहभागितामुलक र लोकतान्त्रिक बिधिबाट गर्ने यसका लागि प्रत्येक मतदान केन्द्रका लागि वुद्धिजिवीहरुको नेतृत्वमा निर्वाचन ३ सद्सिय समिति गठन गर्ने निर्णय गरेको छ । बैठक प्रदेश कमिटिका अध्यक्ष तथा संगठन बिभागका प्रमुख रामऔतार यादबको अध्यक्षतामा सम्पन्न भएको थियो । साथै आजै सम्पन्न आर्थिक विभागको बैठकले आन्तरिक श्रोतको परिचालन गर्ने गरी बजेट प्रस्ताव समेत गरेको छ ।