सिमरामा आँखा जाँच शिविर सम्पन्न, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने

५ भाद्र २०८०, मंगलवार १३:५२ प्रकाशित

सिमरा ५ भाद्र :

जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित पशुपति टोलमा निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरिएको छ । पशुपति टोल बिकास संस्थाको आयोजना, हुलास स्टिलको सहयोग र वीरगन्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

शिविरमा एक सय ७५ जनाको आँखा परीक्षण गरिएको छ । परिक्षण गरिएकामध्ये ३४ जनामा मोतियाबिन्दुको समस्या देखिएको पशुपति टोल बिकास संस्थाका अध्यक्ष सोमलाल बम्जमले जानकारी दिएका छन् । मोतियाबिन्दु देखिएका विरामीको निःशुल्क शल्यक्रिया गरिने समेत बम्जमले जानकारी दिए ।

शिविरमा आँखा जाँच गराउनेमा अधिकांश बृद्धबृद्धा रहेका थिए । आँखा पाक्ने समस्या बढ्दो रहेका बेला शिविरको आयोजना हुँदा स्थानीयले राहत महसुस गरेका थिए । शिविरमा जाँच गरिएकामध्ये अधिकांशमा आँखा पाक्ने समस्या देखिएको र त्यस्ता विरामीलाई निःशुल्क औषधी वितरण गरिएको बम्जमले बताए ।

५ भाद्र २०८०, मंगलवार १३:५२  मा प्रकाशित

यो पनि पढ्नुहोस:

6 Casinos Las Vegas Locals Go To Wager Revealed

Write your Comment