चुरियामाईमा तिर्थयात्री चढेको बस दुर्घटना, ७ जनाको मृत्यु

७ भाद्र २०८०, बिहीबार ०८:३५ प्रकाशित

पथलैया-हेटौडा सडकखण्ड अन्तर्गत बाराको चुरियामाईमा तिर्थयात्री चढेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाईते भएका छन् ।

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश ३-००१ ख ७९९४ नम्बरको बस विहिबार बिहान करिब १ बजे जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ चुरियामाईमा दुर्घटना भएको हो । तिव्र गतिका कारण भएको दुर्घटनामा मृत्यु हुनेमा चार महिला र तीन पुरुष रहेका छन् । मृतकमध्ये ६ जना भारतीय र एक जना नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा महोत्तरी लोहरपट्टीका ४१ वर्षीय बिजयलाल पण्डित रहेका छन् भने अन्यको नाम खुलेको छैन । दुर्घटनामा घाईते भएका १७ जनाको हेटौडास्थित अस्पतालमा उपचार भईरहेको छ ।

७ भाद्र २०८०, बिहीबार ०८:३५  मा प्रकाशित

यो पनि पढ्नुहोस:

6 Casinos Las Vegas Locals Go To Wager Revealed

Write your Comment