एमाले केन्द्रिय सचिवालयको बैठक आज सिराहामा बस्दै

१३ भाद्र २०८०, बुधबार ००:०५ प्रकाशित

मौसमका कारण स्थगित भएको नेकपा एमाले केन्द्रिय सचिवालय बैठक आज भदौं १३ बाट सुरु हुदै छ ।
आजदेखि चौथों महाधिवेसनस्थल,सिरहाको धनगढीमाई नगरपालिका स्थित सर्रे अम्बासमा केन्द्रिय सचिवालय बैठक सुरु हुदैँ छ ।
एमालेका जिल्ला केन्द्रिय सचिब तथा मधेस प्रदेशका इन्चार्ज योगेश भटटराईका अनुसार सोही ठाउँमा सम्पन्न भएको तत्कालिन नेकपा मालेले चौथों महाधिवेसन सम्पन्न गरेको थियो, जहाँबाट मदन भण्डारी पार्टी नेतृत्वमा आउनुभएको थियो । मदन भण्डारीको नेतृत्व स्थापित भएको तथा जनताको बहुदलीय जनवादको पृष्ठभुमी तयार भएको सो स्थानमा यसपटक नेकपा एमालेले सचिवालय बैठक राख्ने निधो गरेको थियो ।
एमालेले सो स्थानमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ बर्षपुगेको अवसरमा स्तम्भ निर्माण गदैछ । सो सतम्भको शिलन्यास पार्टीका अध्यक्ष के पी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको भटटराइले जानकारी दिनुभयो । उक्त चौथो महाधिवशेनले संयुक्त जनआन्दोलनसम्बन्धी सुस्पष्ट दृष्टिकोण अघि सार्नुका साथै नयाँ जनवादमा बहुदलीय प्रतिस्पर्धाको मान्यतालाई अंगीकार गर्ने नीति अघि सारेको थियो ।

१३ भाद्र २०८०, बुधबार ००:०५  मा प्रकाशित

यो पनि पढ्नुहोस:

6 Casinos Las Vegas Locals Go To Wager Revealed

Write your Comment