एमाले निकट भूमिअधिकार तथा श्रमिक संगठन बाराको दोस्रो जिल्ला अधिवेशन सम्पन्न

१३ भाद्र २०८०, बुधबार २१:१६ प्रकाशित

भूमिअधिकार तथा श्रमिक संगठन नेपालको दोस्रो जिल्ला अधिवेशन बाराको निजगढमा सम्पन्न भएको छ । अधिवेशनको उद्घघाटन नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा स्कुल बिभागका मधेश प्रदेश इन्चार्ज पुरुषोत्तम पौडेल गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि रहेका पौडेलले भुमिहिनका लागि भुमिको ब्यबस्था गर्न र श्रमीकको अधिकार स्थापित गर्नका लागि एमाले लागिपरेको बताउनु भयो । अधिबेशनमा एमालेका केन्द्रिय सदस्य बलबिर प्रसाद चौधरी, संगठनका उपाध्यक्ष गुन्ज खड्का रहनु भएको थियो भने कार्यक्रमामा एमाले मधेस प्रदेसका सदस्य मनोज पौडेल , सुदर्शन कोइराला,अन्जु नेपालि, संगठनका सचिव रमेशकुमार सपकोटा , जिल्ला कमिटी सचिवालय सदस्य द्वोयअनिल कुमार मैनालि , .तारा ब. कार्कि तथा निजगढ नगरपालिकाका प्रमुख सुरत पुरि ,जितपुरसिमरा वडा न. १६ का वडा अध्यक्ष हरिदेव खरेलले सुभकामना मन्तव्य दिनु भएको थियो भने संचालन मनोज पंन्तले गर्नु भएको थियो ।
सो अधिवेशनले माधन प्रसाद मैनाली को अध्यक्षमा १९ सदस्यीय कमिटि समेत गठन गरेको छ । जसमा उपाध्यक्ष दोय सपना श्रेष्ठ , पुण्य प्रसाद कडेल , सचिव बिस्णु प्रसाद तिमल्सिना , कोषअध्यक्ष नजामुद्दिन मिया , स- सचिव बिजय प्रसाद चौधरी रहेका छ्न भने सदस्यहरूमा पुर्ण दर्नाल ,साबितृ ठकुरि , सुनमाया भम्जन , बाबुराम स्याङ्तान लगायत रहनु भएको छ ।आजै पहिलो बैठक बसि संगठले बिभिन्न निर्णय समेत गरेको छ ।

१३ भाद्र २०८०, बुधबार २१:१६  मा प्रकाशित

यो पनि पढ्नुहोस:

6 Casinos Las Vegas Locals Go To Wager Revealed

Write your Comment