नेकपा एमाले प्रदेश कमिटिका सदस्य मनोज पौडेलले अनेरास्ववियु शैक्षिक आन्दोलनको मात्र नभइ सामाजिक आन्दोलनको पनि नेता भएको बताउनुभएको छ । अनेरास्ववियु जितपुरसिमरा उप महानगर कमिटीको दोस्रो नगर अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै अनेरास्वबियुका पुर्ब केन्द्रीय सदस्री समेत रहेका नेता पौडेलले यस्तो बताउनुभएको हो उहाँले विद्यालयमा हुने गरेका शैक्षिक क्षेत्रका समस्याहरुलाई समाधानका लागि आवाज उठाउनुपर्ने कुरा उल्लेख गर्दै शैक्षिक सन्थामा आत्याधिक मात्रामा लिइने शुल्कको बिरुधमा र गुणस्तरीय शिक्षाका लागि अनेरास्वबियु लाग्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा अनेरास्ववियु मधेश प्रदेशका संयोजक त्रिलोक बिक्रम ठकुरि, नेकपा एमाले बारा जिल्ला कमिटीका सचिवालय सदस्य ताराबहादुर कार्की अनेरास्ववियु केन्द्रीय सदस्यहरु मनिष प्याकुरेल प्याकुरेल,र लक्ष्मि तिमल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रदेश कमिटी सदस्य दिनेश ठाकुर,जिल्ला सचिवालय सदस्य अमृतलाल श्रेष्ठ,युवा सङ्घका अध्यक्ष आरिफ हुसैन, खेलकुद महासङ्घका अध्यक्षसोमलाल बोम्जन, एमाले वडा नम्बर का अध्यक्ष रविन्द्र खकुरेल,जयकिशोर राउत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण अनेरास्ववियु जिल्ला अध्यक्ष सरोज खनालले गर्नुभएको थियो । अधिवेशनले ईश्वर बस्नेतको अध्यक्षतामा ११ सदस्यिय जितपुर सिमरा उपमहानगर कमिटि विठन गरेको छ ।