एमाले मधेस प्रदेशको प्रथम अधिबेशन असोज २४ र २५ गते जनकपुरमा हुने

१७ भाद्र २०८०, आईतवार १८:३७ प्रकाशित

नेकपा एमाले मधेस प्रदेशको प्रथम अधिबेशन यहि असोज २४ र २५ गते जनकपुरमा हुने भएको छ। आज सम्पन्न मधेश प्रदेस सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो ।
यश अघि असोज ५ र ६ गते हुने भनिएको थियो । तयारी न पुगेको कारण समय बढाइएको जनाइएको छ ।
त्यसैगरि सदस्यता नवीकरण र प्रमाणीकरणको बाकी काम असोज ७ गतेभित्र गरिसक्ने र प्रतिनिधि छनौट असोज १३ गते शनिबार एकैदिन गर्ने निर्णय गरेको केन्द्रीय सचिब एबम मधेश प्रदेश इन्चार्ज योगेश भट्टराइले जानकारी दिनु भयो ।
त्यसैगरी महोत्तरीको मंसिर ८ र ९ गते, रौतहटको मंसिर ११ र १२ गते र पर्साको मंसिर १३ र १४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको प्रचार सम्योजक अरबिन्द सिहले जानकारी दिनुभयो ।
त्यसैगरी जनसंगठनहरुको प्रदेश अधिवेशन भाद्र मसान्तभित्र सम्पन्न सक्नुपर्ने,भाद्र १९ गते जिल्ला संयन्त्र र जिल्ला सचिवालय बैठक बस्ने,भाद्र २० र २१ गते पालिका संयन्त्र र पालिका सचिवालय बैठक बस्ने ,भाद्र मसान्तभित्र पार्टीको आन्तरिक लेखापरीक्षण गरिसक्नुपर्ने निर्णय गरेकोछ ।
बैठक प्रदेश कमिटिका अध्यक्ष रामऔतार यादबको अध्यक्षतामा र केन्द्रीय सचिब एबम मधेश प्रदेश इन्चार्ज योगेश भट्टराइको प्रमुख आतिथ्यतामा बसेको हो । बैठकमा पोलिटब्युरो सदस्यहरू पुरुषोत्तम पौडेल, सुमन प्याकुरेल, लिलानाथ श्रेष्ठ,अच्युत मैनाली,जुलि महत्तो,रामदयाल मण्डल,भगवती चौधरीलगायतको उपस्थिति रहेको थियो ।

१७ भाद्र २०८०, आईतवार १८:३७  मा प्रकाशित

यो पनि पढ्नुहोस:

6 Casinos Las Vegas Locals Go To Wager Revealed

Write your Comment