एकै पटक ७२ जनामा कोरोना संकमण पुष्टि/बारामा २३ र रौतहटमा २६ जना संक्रमित/नेपालमा संक्रमितको संख्या ६७५ पुग्यो ।

१२ जेष्ठ २०७७, सोमबार ११:५२ प्रकाशित

काठमाडौं १२ जेठ
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६७५ पुगेको छ । केहीबेर अगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी ७२ जनामा सङ्क्रमण पुष्टि भएको हो । प्राप्त वितरण अनुसार बारा जिल्लाको गढीमाई नगरपालिकामा २१ जना र कोतवालमा २ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी रौतहटको राजपुर फरहदवा र इसनाथमा २६ जनामा, बांके दुधवा रापती सोनारी गाउँपालिकामा ३ जनामा,धनुषा जिल्लाको नगराइने नगरपालिकामा ३ जनामा, कपिलवस्तु जिल्लाको शिबराजमा ३ जना पुरुषमा, काठमाडौं टोखा नगरपालिका बुढानिलकण्ठमा ३ जनामा, सप्तरीको डक्नेश्वरी गाउँ पालिकामा २ जनामा संक्रमण देखिएको छ । त्यसैगरी बर्दिया को बासगढीमा १ जनामा,दैलेखको नारायण नगरपालिका मा १ जना र गुराँस गाउँ पालिकामा २ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीलले बिज्ञप्ति जारी गरी जानकारी दिनुभयो ।
यसैबीच बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बारामा देखिएका २३ जना संक्रमितमध्ये २१ जना महागढीमाईको क्वारेन्टाइनमा रहेको जानकारी दिनुभएको छ ।उहाले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान पर्सा जिल्ला घर भएका बर्ष २५ का र कोतवाली–१ का १ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो ।

१२ जेष्ठ २०७७, सोमबार ११:५२  मा प्रकाशित

यो पनि पढ्नुहोस:

Kumarhanede Bahis Oynamak: Profesyonellerden İpuçlar

Write your Comment