अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत, स्थायी कमिटी बैठकमा सहभागी

१ पुष २०७७, बुधबार १६:३१ प्रकाशित

काठमाडौं १ पौष :
अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् । यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका छन् ।
स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगको छलफलमा सहभागी एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् ।
प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको ती नेताले जानकारी दिए ।

१ पुष २०७७, बुधबार १६:३१  मा प्रकाशित

यो पनि पढ्नुहोस:

Kumarhanede Bahis Oynamak: Profesyonellerden İpuçlar

Write your Comment