बाराको जीतपुरसिमरा १० मा एक १४ वर्षिय बालकको शव बरामत

२८ फाल्गुन २०७७, शुक्रबार १२:०४ प्रकाशित

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १०मा एक १४ वर्षिय बालकको लास कुहिएको अवस्थामा फेला परेको छ । फेला परेको लास स्थानिय सहिद हुसेन मिया अंसारीको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

बिहान खेतमा काम गर्न गएकाहरुका लागि खाना लिएर खेतमा जाने क्रममा एक स्थानिय महिलाले उक्त लासलाई देखेर गाउँलेहरुलाई जानकारी गराएकी थिइन । फुलबारीको छेउमा रहेको छाईमा फालिएरको अवस्था भेटिएको लास लगभग गलिसकेको अवस्थामा रहेको जील्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपक्षिक गौतम मिश्रले जानकारी दिनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ बस्ने अंसारी फाल्गुन ११ गतेदेखि हराएकाे प्रहरीमा निवेदन परेको थियो । प्रहरीले खोजतलास गर्दै आएको तर बालक फेला नपरेको र आज बरामत गरीएको शव सो बालककै हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले बालकले लगाएको कपडा र चपलबाट अंसारी नै हुन सक्ने अनुमान गरेपनि यसबारे थप अनुसन्धान नभएसम्म केहि भन्न नसकिने बाराका प्रहरी प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

थप अनुसन्धानका लागि कुकुरको प्रयोग गरीने जील्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

२८ फाल्गुन २०७७, शुक्रबार १२:०४  मा प्रकाशित

Write your Comment