मेलम्चीमा पुनः बढ्यो पानीको बहाव,सतर्क रहन आग्रह

१७ असार २०७८, बिहीबार ०९:४१ प्रकाशित

सिन्धुपाल्चोक १७ आषाढ :
निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव पुन : बढेको छ।

केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ।

बुधबार दिउँसो देखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउन सक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ।

असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिन समेत अहिलेको वर्षाले कटान गरिरहेको मेलम्ची–११ का दशरथ दनुवारले बताए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ।

असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको मेलम्ची–११ का दशरथ दनुवारले बताए ।

१७ असार २०७८, बिहीबार ०९:४१  मा प्रकाशित

Write your Comment