काठमाडौं १ श्रावण :
नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थिति रहेको स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो । बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदै सहमति अनुमोदन र ग्रहणसहित कार्यदललाई धन्यवाद दिँदै कार्यदल विघटन गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
बैठक चलिरहँदा बैठकस्थल पुगेका झलनाथ- माधव पक्षका नेताहरूले स्थायी कमिटी बैठक र संसदीय दलको बैठक रोक्न र सहमतिमा अर्को बैठक राख्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए सो आग्रह अध्यक्ष ओलीले अस्वीकार गरेका थिए । सो समूहको आग्रह विपरीत संसदीय दलको बैठक पनि केहीबेरमा बस्दैछ ।