महन्थ ठाकुरको रिटमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

१० श्रावण २०७८, आईतवार १७:२९ प्रकाशित

जनता समाजवादी पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’ रोक्न माग गर्दै महन्थ ठाकुर पक्षले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले यस्तो निर्णय गरेको हो ।

यससँगै निर्वाचन आयोगलाई विवाद निरुपणको फैसला सुनाउन बाटो खुलेको छ । जसपा आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइको क्रममा आयोगले पार्टी एकीकरणको बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई साउन ११ गते सनाखतका लागि झिकाउने निर्णय गरेको थियो ।

१० श्रावण २०७८, आईतवार १७:२९  मा प्रकाशित

यो पनि पढ्नुहोस:

Bahis Giriş Piyasalarının Farklı Türlerini Keşfetme

Write your Comment