गठबन्धन सरकार जनताका समस्या समाधानमा ध्यानमा दिएन-पुर्बमन्त्री पौडेल

७ पुष २०८०, शनिबार १९:०९ प्रकाशित

नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालको जितपुर सिमरा उपमहानगर कमिटीको प्रथम नगर अधिवेशन आज रजघट्टामा सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले गर्नुभएको थियो । अधिवेशनको उद्घाटन गर्दै पौडेलले गठबन्धन सरकार जनताका समस्या समाधान गर्ने तर्फ ध्यानमा नदिएको आरोप लगाउनुभयो । उहाँले आदिवासी जनजातिका समस्या समाधान गर्ने तर्फ सरकारको कुनै ध्यान नदिएको उल्लेख गर्दै गठबन्धन सरकार भ्रष्टाचारमा लिप्त भएको दाबी गर्नुभयो। जति दिन यो सरकार रहन्छ त्यति नै मुलुकमा आर्थिक संकट बढ्ने र मुलुक अदो गतितिर जाने दाबी समेत गर्नुभयो ।
कार्यक्रममा महासंघका केन्द्रीय महासचिव पेम्बा भाेटे गुरूङ, एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, एमाले मधेस प्रदेश कमिटीका सदस्य तथा प्रदेश सांसद देवनारायण चौधरी,प्रदेश कमिटी सदस्य किशोर शर्मा, महासङ्घका केन्द्रीय सदस्यहरू चयन गुरुङ, सीता गुरुङ,माहासघका मधेस प्रदेश अध्यक्ष दुर्गा तमाङ, एमाले एमालेका नगर अध्यक्ष तथा जितपुरसिमराका उपप्रमुख भोला अधिकारी,एमाले जिल्ला सचिवालय सदस्य अमृतलाल श्रेष्ठ,सिमा ठकुरी,एमालेका नगर उपाध्यक्ष त्रिलोक ठकुरीलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । अधिवेशनले सुवास श्रेष्ठलाई अध्यक्ष, हेमनारायण चौधरीलाई उपाध्यक्ष र श्यामबाबु खालाई सचिवसहित २४ सदस्य नगर कमिटी गठन गरेको छ। अधिवेशन जयकिशोर राउतको सभापतित्व र सुभाष श्रेष्ठको सहजीकरणमा सम्पन्न भएको हो।

७ पुष २०८०, शनिबार १९:०९  मा प्रकाशित

Write your Comment