ललितपुरको महालक्ष्मीमा आगलागी हुँदा एकाघरका ५ जना घाइते, ३ को अवस्था गम्भीर

२३ बैशाख २०८१, आईतवार १२:३९ प्रकाशित

ललितपुर महानगरपालिका-१७ स्थित बाफलमा एक टहरोमा आगलागी हुँदा एकैपरिवारका पाँचजना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालका अनुसार टहरोमा केही ड्रममा पुरानो मोबिल भरेर राखिएको थियो । उक्त मोबिल खन्याउने क्रममा आगो सल्किएको प्रारम्भिक सूचना प्राप्त भएको उनले बताए ।

आगलागीबाट घाइते हुनेमा एक दम्पती, उनीहरूका दुई छोरी र भतिज रहेका छन् । घाइते सबैको किष्ट अस्पतालमा उपचार भइरहेको छ । शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएका बालिकासहित ३ जना आईसीयूमा उपचाररत् रहेको प्रहरीको भनाइ छ । आगो भने लगभग नियन्त्रमा आइसकेको छ ।

२३ बैशाख २०८१, आईतवार १२:३९  मा प्रकाशित

Write your Comment