कोल्हबी नगरपालिकालाई बारा जिल्लाको नमुना नगर बनाउछु – प्रमुख भण्डारी

३२ जेष्ठ २०७६, शनिबार १२:०५ प्रकाशित


बारा ३२ जेष्ठ
कोल्हबी नगरपालिकाका प्रमुख भरत भण्डारीले आफनो नगरपालिका भित्र चालु आर्थीक बर्षमा ५ किलो मिटर सडक कालोपत्रे गरीने बताउनु भएकोछ ।कामनाखबर संग कुराकानि गदै नगर प्रमुख भण्डारीले कोल्हबी नगरपालिकाको बोधबन,निकास,हनुमानगञ्ज लगायतका गॉउहरुमा पिचको काम धमाधम भइरहेको जानकारी दिनु भयो । उहांले पिचका साथै नगरका बिभिन्न वडाहरुमा सडक ढलान,कलभर्ट निर्माणको कार्य भइरहेको प्रष्ट पार्नु भयो । दुई बर्षको अवधिमा वडा वडामा बजेट बिनियोजन गरेर वडाका साना योजना सम्बन्धि काम गरीएको जानकारी दिदै प्रमुख भण्डारीले आगामी आ.ब बाट नगरका ठुला योजनामा एक मुष्ठ बजेट बिनियोजन गर्ने सोच रहेको बताउनु भयो । नगरपालिकाको ध्यान स्वास्थ्य र शिक्षामा रहेको उल्लेख गदै प्रमुख भण्डारीले कोल्हबी नगरपालिकालाई बारा जिल्लाको नमुना नगरपालिकाको रुपमा स्थापित गर्न आफु अर्जुन दृष्टिका साथ लागिरहेको दाबि गर्नु भयो ।

३२ जेष्ठ २०७६, शनिबार १२:०५  मा प्रकाशित

Write your Comment