पचरौता नगरपालिका शिक्षा,स्वास्थ्य र सडक संजाल निर्माणमा केन्द्रित छ–प्रमुख प्र.अधिकृत सिह

१ कार्तिक २०७६, शुक्रबार १०:३४ प्रकाशित

बारा १ कार्तीक
पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर सिहले नगरपालिकाले स्तरयुक्त सडक संजाल,यातयात,बिध्यालय र नागरीकको स्वास्थ्यमा नगरको ध्यान केन्द्रित रहेको बताउनु भएको छ । उहाले यस आ.व बाट सडक ब्यवस्थीत गरेर कालो पत्रे गर्ने,बिध्यालयहरुको भौतिक निर्माण सम्पन्न गरेर १५ सैयाको अस्पतालको स्थापनाको लागी नगरपालिका अगाडी बढीरहेको जानकारी दिनु भयो । कामना खबर संग कुराकानी गदै प्रमुख प्रशासकीय अधिकृत सिहले नगरसभाले गरेको निर्णय अनुसार वडास्तरका योजना सन्चालनको काम सुरुभइसकेको जानकारी समेत दिनु भयो । नगरपालिका भित्रका बिधि र प्रक्रिया अनुसार राम्रा कामगर्दा पनि आग्रह पुर्वाग्रहका कारण बिभिन्न निकायहरुमा मुद्धा पर्ने गरेकाले काम गर्न असजिलो हुने गरेको गुनासो उहांको थियो । अधिकांस मुद्धाहरुमा नगरपालिकाको पक्षमा निर्णय भएको प्रमुख प्र.अधिकृत सिहले जानकारी दिनु भयो ।

१ कार्तिक २०७६, शुक्रबार १०:३४  मा प्रकाशित

Write your Comment