नेपालको संबिधान समाबेसि दस्ताबेज हो–बरीष्ठ नेता नेपाल

१३ कार्तिक २०७६, बुधबार २१:०५ प्रकाशित

बारा १३ कार्तीक
नेकपाका बरीष्ठ नेता तथा पुर्व प्रधानमन्त्रि माधव कुमार नेपालले मुलुकको संबिधान समाबेसि र लोकतान्त्रिक भएको बताउनु भएको छ उपभोक्ता हित संरक्षण मञ्च कलैया उपमहानगर कमिटीले कलैयामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका बरीष्ठ नेपाल नयां संबिधान महिला,दलित,आदिबासी जनजाती लगायत सबैको भावना समेटिएको दस्ताबेज भएको दाबि गर्नु भयो । पुर्व प्रधानमन्त्रि समेत रहेका बरीष्ठ नेता नेपालले उपभोक्ताको हितका लागि बाल्ने पार्टी नेकपा मात्रै भएको दाबि गर्नु भयो । बारा जिल्लामा रहेका तिन वटा राष्ट्रिय गौरबका आयोजनाहरु सन्चालनमा आएपछि राजगरीको समस्या नरहने भन्दै बरीष्ठ नेता नेपालले अन्तराष्ट्रिय बिमानस्थल निर्माणमा सबै राजनैतिक दलको सहमती जुटाउन लागेको स्पष्ट पार्नु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै पुर्ब युबा तथा खेलकुद मन्त्री पुर्शोत्तम पौडेलले उपभोक्ताका अधिकार सुरक्षित गर्न सबै लाग्नु पर्ने स्पष्ट पार्नु भयो उहाले नेपालको संविधान अनुसार उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्ने लाइ कार्यवाही गरीने बताउनु भयो । उहांले मधेसबाददिलले प्रदेस नम्बर २मा जनताको पक्षमा का मगर्न नसकेकोले अवको निर्वाचनमा नेकपाले अत्यधिक स्थानमा बिजय हासिल गर्ने दाबि गर्नु भयो । कार्यक्रममा उपभोक्ता हित सम्रक्षण मंचका उपाध्यक्ष अजय अधिकारी,नेकपाका केन्द्रिय सदस्य तथा संविधान सभाका सदस्यहरु गोपाल ठाकुर नेकपाका केन्द्रीय सदस्य दिनेस राइ,संविधान सभाका सदस्य जयराम दाहाल जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्वती देबि चौधरी लगायतले सुभकामनाा व्यक्त गर्न्नुभएको थियो । कार्यक्रम नगर अध्यक्ष नरेस मोदकको सभापतित्वमा,अरुण खनालको सहजीकरण र शर्मा बैठाको स्वागतमा सम्पन्न भएको थियो ।

१३ कार्तिक २०७६, बुधबार २१:०५  मा प्रकाशित

Write your Comment