दश महिना देखि बेपत्ता छोराको खोजि गरीदिन बुवा महत्तोको बिलौना

२० कार्तिक २०७६, बुधबार १२:०० प्रकाशित

बारा २० कार्तीक
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ लोसण्डाका अमर महत्तोले आफनो छोरा हराएको १० महिना पुग्दा समेत कुनै पत्तो नलागेको दुखेसो गर्नु भएको छ । कामना खबर संग कुरा गदै अमर महत्तोले २६ बर्षीय प्रदिप महत्तो (कुशवाहा)को अवस्था पत्ता लगाई दिन अनुरोध गर्नु भएकोछ । महत्तोका छोरा प्रदिपका श्रीमती,छोरा र एक छोरी रहेको जानकारी दिदै खोजि गरीदिन सबै संग आग्रह गर्नु भयो । प्रहरीले सुरुको अवधीमा खोज तलासका लागि केहि मेहेनत गरेतापनि पछि बेवास्था गरेको गुनासो समेत गर्नु भयो । उहांले रुदै छोराको चिन्ताले परीवारमा सताई रहेको बताउनु भयो । यसै बिच इलाका प्रहरी कार्यालय सिमराका प्रमुख गोबिन्द पुरीले प्रदिपको खोजिकार्य जारी रहेको जानकारी दिनु भयो । बारा जिल्लामा हत्या,अपहरण र बलत्कारका घटना भइरहेका छन प्रहरीले नियन्त्रण गर्न सकिरहेको छैन केहि समय अगाडि जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का अंकित गुप्ताको अपहरण पछि हत्या भएको थियो ।

२० कार्तिक २०७६, बुधबार १२:००  मा प्रकाशित

Write your Comment