दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थलको बिरोध गर्नु जरुरी छैन-पर्यटन मन्त्री भट्टराई

१ मंसिर २०७६, आईतवार ११:०६ प्रकाशित

बारा १ मंसिर 
पर्यटन मन्त्री योगेस भट्टराईले दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थलको बिरोध गर्नु जरुरी नभएको बताउनु भएको छ । उहाले नेपाल भरिका दस स्थानको अध्यन पछि टागिया बस्तिमा बिमान स्थल बनाउने निर्णयमा सरकार पुगेकोले त्यसको बिरोधको कुनै अर्थ र औचित्य नभएको स्पष्ट पार्नु भयो ।बिमान स्थल निरिक्षणका क्रममा बारा आउनु भएका मन्त्री भट्टराईले पथलैयामा आज आयोजित एक कार्यक्रमालाइ सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । आज बिभिन्न स्वार्थ समुह रुख र जनावरको नाममा बिरोध गरिरहेका छन त्यसको कुनै अर्थ छैन अहिलेको आबश्यकता बिमानस्थल निर्माण हो उहाको भनाइ थियो । यो आयोजना  रास्टृय गौरबको भएकोले सबै दलको सहमती जुटेको जानकारी समेत दिनु भयो ।निरिक्षण टोलिमा पुर्ब मन्त्री,प्रतिनिधि सभाका सदस्यहरु,प्रदेस सभाका सदस्यहरु,स्थानिय तहका प्रमुख,उपप्रमुख सहभागीता रहेको छ । आजै मन्त्री भट्टराईले निर्माण स्थल,टागिया बस्तीको निरिक्षण गर्नुका साथै सरोकारवाला सग अन्तरकृया गर्नु हुने छ ।

१ मंसिर २०७६, आईतवार ११:०६  मा प्रकाशित

Write your Comment