बिकास र समृद्धिका लागी भोली निजगढमा हुने कार्यक्रममा नेकपाले १ लाख जनता उत्रार्ने ।

९ मंसिर २०७६, सोमबार १७:५७ प्रकाशित

बारा ९ मंसिर 
नेकपा प्रदेस नम्बर २ ले निजगढमा बिकास र समृद्धिका लागि आयोजनागरेको जनसभामा एकलाख जनसभागिता गराउने भएको छ । प्रदेस कमिटीका सचिब सुमन राज प्याकुरेलले निजगढमा पत्रकार सम्मेलन गरि सो जानकारी गराउनु भएको हो । सम्मेलनमा प्याकुरेलले भोली मङलबार हुने जनसभामा ८ वटै जिल्ला बाट १ लाख जनता उतार्ने जानकारी दिनु भयो । नेकपाका अध्यक्ष पुष्पकमल दाहालको प्रमुखातिथ्यतामा आयोजनाहुने जनसभाअमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इस्वर पोखरेल,महासचिब बिष्णु पौडेल,पर्यटन मन्त्री योगेस भट्टराई,शिक्षा मन्त्री गिरिराज मणि पोखरेल,श्रम मन्त्री रामेस्वर राय यादब,पुर्बाधार मन्त्री बषन्त कुमार नेम्वाङलगाएतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।राष्ट्रिय गौरबका आयोजना कार्यन्वनका लागी दबाब दिन कार्यक्रमको आयोजना गरिएको हो । सभा बिहान ११ बजे हिरालाल रंगशालामा हुने छ । पत्रकार सम्मेलनमा नेकपाका केन्द्रिय सदस्य दिनेस राइ,पुर्ब मन्त्री पुर्षोत्तम पौडेल,प्रदेश सभा सदस्य कुन्दन कुशवाहा प्रदेस कमिटी सदस्य राजन पौडेल,रबि दङाल,गिता कंडेल,एक बहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण मनोज पौडेलले गर्नु भएको थियो ।

९ मंसिर २०७६, सोमबार १७:५७  मा प्रकाशित

Write your Comment