बन मासेको अभियोगमा निलम्बनमा परेका डिएफओ निजगढ बिमानस्थलको काम रोक्न सर्वोच्वगए–संयोजक पौडेल

४ पुष २०७६, शुक्रबार १६:४९ प्रकाशित

बारा ४ पौष
अन्तराष्ट्रिय बिमानस्थल निजगढको काम रोक्न सर्वोच्वमा रिट हाल्ने मध्येका मुख्य ब्यक्ति बाराको बन मासेको अभियोगमा निलम्बनमा परेका पुर्व बन अधिकृत रहेको खुलासा भएको छ । रीट दर्ता गर्ने नौ जना मध्येका प्रभु बुढाथोकि जिल्ला बन कार्यालय बारामा २०५२ सालमा डि एफ ओ रहदा बन मासेको,अत्यधिक बन फडानी गरेको आरोपमा निलम्बनमा परेका थिए । अन्तराष्ट्रिय बिमानस्थल निजगढका सम्बन्धमा सिमरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै जितपुरसिमरा सार्वजनिक सरोकार समितीका संयोजक मनोज पौडेलले सो को खुलासा गर्नु भएको हो । उहांले बैज्ञानिक बन ब्यावस्थापनका नाममा आफु बन अधिकृत रहंदा योजना बद्धरुपमा बन फडानि गर्ने र अहिले बन फडानिहुदा एक सब्द नबोल्नेहरु बिमानस्थल निर्माणको काम रोक्न लागेको दाबि गर्नु भयो । बाराको बन अधिकृत रहंदा ब्यापक बनफडानी गर्ने ९ जना बन अधिकृतहरु सरकारको तलब र पेन्सन खाएर सरकारले ल्याएको बिकासको काम रोक्न लागिरहेका छन ति ब्यक्तिहरुको तलब सरकारले रोक्नु पर्ने संयोजक पौडेलको भनाई छ ।
भिडियो तल हेर्नु होस

४ पुष २०७६, शुक्रबार १६:४९  मा प्रकाशित

Write your Comment