ल्होछारको अबसरमा बाराको अमलेखगञ्जमा बिशेष कार्यक्रम सम्पन्न

११ माघ २०७६, शनिबार १६:०६ प्रकाशित

बारा ११ माघ
२८५६ औ सोनाम ल्होछारको अबसरमा अहिन्सावादी साङ्गे छोइलिङ बौद्ध गुम्बा बाराको अमलेखगञ्जमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमको उद्घाटन प्रदेश सभाका सदस्य सिता गुरुङले गर्नु भएको थियो । कार्यक्रममा नेपाल अहिन्साबादी बौद्ध धर्मबिश्व शान्ती चक्र सङ्गका महासचिब  धर्मगुरु प्रेेेम दोर्जे लामा गुरु बिशेस पाठ गर्नु भएको थियो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य दिनेस कुमार राइ,नेकपाका नेता हरु देबनारायण चौधरी,मनोज पौडेल,जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ का अध्यक्ष कृष्ण शाही ठकुरी,२२ का अध्यक्ष मणिकलाल थिङलगायतले नया बर्षको शुभकामना व्यक्त गर्नु भएको थियो । गुम्बाका अध्यक्ष फुलमया लामा मगरनिको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत गोपाल घलान र र्सन्चालन भिक्षु डिबिले गर्नु भएको थियो ।

११ माघ २०७६, शनिबार १६:०६  मा प्रकाशित

Write your Comment