फास्ट ट्रयाकको अनुगमन/वैज्ञानिक वन व्यवस्थापनका सम्बन्धमा अध्ययन गरिएको नगर प्रमुख भण्डारीको भनाई

२५ माघ २०७६, शनिबार १८:३५ प्रकाशित

बारा २५ माघ
राजधानीसँगजोड्ने फास्ट ट्रयाक अन्तर्गत रहेका बारा जिल्ला क्षेत्रको बनमा पर्ने रूखहरूको वातावरणीय प्रभाव मूल्यांकन बाट छपान गरिएका रूखहरू काटिएपछि त्यसको वृक्षारोपण गर्ने र तामागढी साझेदारी वन को दस वर्षे कार्ययोजना निर्माण गर्ने उद्देश्यका साथ आज फास्ट ट्रयाक क्षेत्र र बन संग सम्बन्धित अनुगमन समितिले आज अनुगमन गरेको छ अनुगमनमा प्रदेश बन निर्देशक नन्द लाल राय,फास्टट्रयाक परीयोजनाका जर्नल भरत खडका, कोल्हवी नगरपालिका का प्रमुख भरत भण्डारी,डिभिजन वन कार्यालय बाराका प्रमुख मञ्जुर आलम जिल्ला समन्वय अधिकारी सहितको टोलीले अनुगमन गरेको छ अनुगमन पश्चात फास्ट ट्रयाक निर्माका लागि काटिएका रुखहरुको सटटामा वृक्षारोपण गर्न स्थान छनौट गरीने नगर प्रमुख भरत भण्डारीले जानकारी दिनुभयो ।त्यसैगरी लामा गढी साझेदारी वन ब्यवस्थापन समितिको वैज्ञानिक व्यवस्थापन सम्बन्धी दश वर्षे कार्ययोजना निर्माणकालागि अध्ययनसमेत गर्नुपर्ने भएकोले अनुगमन गरिएको उहाँको भनाइ थियो ।

२५ माघ २०७६, शनिबार १८:३५  मा प्रकाशित

Write your Comment