खेलले भावनात्मक रूपमा एक बनाउँछ -पूर्व खेलकुद मन्त्री पौडेल

३ फाल्गुन २०७६, शनिबार २०:०१ प्रकाशित

बारा ३ फागुन
बाराको अमलेखगञ्जमा आयोजना गरिएको फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ । आजको फाइनलन खेलमा सिद्वबाबा युवा क्लबले सिआईजेडब्लु शिक्षालय आर्मीको सुन्य का बिरुद्ध एक गोलले पराजित गरेको छ खेल शुरु भएको २२ मिनेटमै सिद्धबाबा युबा क्लबले एक गोल गरेको थियो । अमलेखगंज युवा क्लबको आयोजनामा सम्पन्न खेलका बिजय उप विजयीहरुलाई पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पुरस्कार तथा शिल्ड बितरण गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले खेलले सबैको भानात्मक एकतालाई जोड्ने बताउनुभयो । कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नं २१ का अध्यक्ष कृष्ण साहि वडा नम्बर २२ का अध्यक्ष मणिकलाल थिइ नेकपाका नेता मनोज पौडेल,ढुण्डीराज उप्रेती,अमलेखगंज गाविसका पूर्व अध्यक्ष भरत घले,युवा नेता विकास साह लगायतको उपस्थिति रहेको थियो । अमलेखगंज युवा क्लवका अध्यक्ष विश्वास साहको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सुवास श्रेष्ठले गर्नु भएको थियो । प्रतियोगितामा अमलेखगञ्जका ११वटा फुटबल क्लबले भाग लिएका थिए ।

३ फाल्गुन २०७६, शनिबार २०:०१  मा प्रकाशित

Write your Comment