सिमराका स्थानीयले ग्यास र एसिड प्लान्ट विरुद्धमा सञ्चालन गरेको आन्दोलनमा सरोकार समितिको समर्थन

१८ फाल्गुन २०७६, आईतवार १६:१० प्रकाशित

बारा १८ फागुन

सिमरामा जगदम्बाले स्थापना गर्न लागेको ग्याँस र एसिड प्लान्ट विरुद्धमा स्थानीयले सञ्चालन गरेको आन्दोलनमा जीतपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले समर्थन जनाउनुभएको छ । उहाँले उद्योग स्थलमा स्थानीयलाई भेटेर समर्थन जनाउनुभएको हो । जनताको जायज आन्दोलनमा आफ्नो र सरोकार समितिको पूर्ण सहयोग र समर्थन रहने उल्लेख गर्नुभएको छ । उद्योगको प्रदूषणका कारण धेरै रोगी भएको र अहिले स्थापना गर्न लागेको ग्याँस र एसिड प्लान्ट बाट सिमराको भविष्य नै खतरामा पर्ने उल्लेख गर्नुभयो । स्थानीयले हिजोदेखि नयाँ प्लान्ट स्थापना गर्ने कार्य रोकेका छन् उनीहरुले आज पनि रोकेका हुन् यसअघि स्थानीयले जस्ता प्लान्ट स्थापनाको कार्यसमेत रोकेका थिए स्थानीयको विरोधका बाबजुद जगदम्बाले सो प्लान्ट जबर्जस्ती स्थापना गरेको छ ।

१८ फाल्गुन २०७६, आईतवार १६:१०  मा प्रकाशित

Write your Comment