काठमाडौं २० माघ :
नेकपाको दाहाल–नेपाल समूहले मंगलबार निर्वाचन आयोग पुगेर पार्टी र चुनाव चिह्नको आधिकारिकता दाबी पेस गरेको छ ।
अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनालसहितका नेता आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार दाबी पेस गर्नू भएको हो ।
वरिष्ठ नेता खनालले ४४१ सदस्यीय केन्द्रीय कमिटी मध्ये झन्डै ७० प्रतिशत सदस्य आफूहरुसँग रहेको साथै केन्द्रीय कमिटी बैठकहरुबाट प्रमाणित तथ्य, प्रमाण र विधानको व्यवस्था समेटेर दाबी प्रस्तुत गरेको बताउनुभयो ।
पुष्पकमल दाहाल र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा नै आधिकारिक हो,’ उहाँले भन्नुभयो । नेता खनालले दलहरुको विवाद निरुपण नगरी आयोग निर्वाचनमा जान नमिल्ने बताउनु भयो । ‘बहुदलीय संसदीय व्यवस्थामा दलहरुको बारेमा विवाद निरुपण नभई कुनै चुनाव हुँदैन,’ खनालले भन्नुभयो ‘दलहरु नै निर्वाचनका मुख्य खेलाडी हुन्, यिनलाई पन्छाएर निर्वाचन हुँदैन ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)