सरकारबाट बाहिरिने राप्रपाकाे निर्णय

१३ फाल्गुन २०७९, शनिबार १०:५९ प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता समीकरण बदलेसँगै राप्रपाले साे निर्णय लिएकाे हाे ।
आज बसेकाे कार्यसम्पादन समितिकाे वैठकले राप्रपाका मन्त्रीहरू फिर्ता बाेलाउने निर्णय लिएकाे उपाध्यक्ष बुद्धिमान तामाङले बताउनु भयो ।

प्रदेश सरकारमा पनि समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय राप्रपाले गरेको छ ।

१३ फाल्गुन २०७९, शनिबार १०:५९  मा प्रकाशित

Write your Comment