स्वास्थ्य,शिक्षा,पुर्बाधार र खानेपानी समस्या समाधान गर्छु-बारा-२का एमाले उम्मेदवार पौडेल

३० चैत्र २०७९, बिहीबार २२:२९ प्रकाशित

बारा ३० चैत्र :
निर्वाचन नजिकिए सगै बारा क्षेत्र नम्बर २ को राजनिती तातिदै गएको छ । राजनैतिक दलका उम्मेदावारहरुले घरदैलो, भेला, बैठक गरिरहेका छन ।
यसै बिच नेकपा एमाले पोलिटब्युरो सदस्य तथा बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पुरुषोत्तम पौडेललाई बिजय बनाउन देबताल गाउपालिका स्तरिय चुनाबी कार्यक्रम सम्पन्न भएको छ । चुनाबि सभालाई सम्बोधन गर्दै पौडेलले यश क्षेत्रबाट जितेर जाने प्रतिनिधिले स्वास्थ्य,शिक्षा,खानेपानी र पुर्बाधारमा ध्यान न दिएको बताउदै अब यी समस्या आफुले समाधान गर्ने उहाको भनाइ थियो । बारा २ मा सन्चार नेट वर्कको पनि समस्या रहेकोले त्यसलाइ आफुले तत्काल समाधान गर्न पहल गर्ने उम्मेदवार पौडेललेको भनाइ छ ।
कार्यक्रममा पोलिटब्युरो सदस्य अच्युत मैनालीले जनताका काम न गरेका कारण सप्तरिमा उपेन्द्र यादबलाई हराएको र यहापनी बाराबासिले धुलो चटाउने दाबी गर्नु भयो ।
त्यसैगरी पोलिटब्युरो सदस्य ज्वाला साहले यश क्षेत्रमा जातकाकुरा होइन जनताको काम गर्ने उम्मेदवारलाई रोज्न आग्रह गर्नु भयो ।
प्रमोद यादबको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्ब मन्त्री एकवाल मियालगायत्ले बोल्नुभएको थियो ।
त्यसैगरी उम्मेदवार पौडेल्ले सुबर्ण गाउपालिकामा घर दैलो तथा मतदाता सग भेट घाट गर्नु भएको छ ।

३० चैत्र २०७९, बिहीबार २२:२९  मा प्रकाशित

Write your Comment