गठबन्धन सरकार रहिरेहे वृद्धभत्ता काटछ- एमाले अध्यक्ष ओलि

७ बैशाख २०८०, बिहीबार १७:१२ प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार रही रहे वृद्धभत्ता काट्ने दाबी गरेका छन् । बाराको चुनावी सभालाई सम्बोधन गर्दै अहिलेको सरकारले विकासको योजना काटेर आफन्त पोसेको आरोप लगाए ।

ओलिले भने, ‘२० वर्षमा नभएको काम तीन वर्षमा गरेका थियौं । हामीले विकासको निर्माणको कामलाई अगाडि बढाइरहेका थियौं । अब यही सरकार कायम रह्यो भने प्रहरीहरुले कपडा फेर्न पाउँदैनन् । हामीले जेष्ठ नागरिक भत्ता गरेर चार हजार पुर्याएका थियौं । अहिलेसम्म त पाउँदै हुनुहुन्छ होला यही सरकार कायम रह्यो भने केही महिनाभित्र वृद्धभत्ता नपाउने खतरा छ । यसले रोक्छ ।’
यो सरकारको ध्यान देश र जनता नभएर आफन्त पोस्नेमात्रै भएको आरोप लगाए ।         

७ बैशाख २०८०, बिहीबार १७:१२  मा प्रकाशित

Write your Comment