कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड

३२ जेष्ठ २०८०, बिहीबार १७:५४ प्रकाशित

कोशी प्रदेश सरकारले आर्थीक वर्ष २०८०/८१का लागि ३६ अर्व २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा आर्थीक मामिला तथा योजना मन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत सो बजेट ल्याएका हुन् ।

प्रस्तुत बजेटमध्ये १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार चालू तर्फ विनियोजन गरिएको छ । यस्तै, पूँजीगत तर्फ १८ अर्ब २३ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको कार्कीले बताए ।

बजेटमा कोशी प्रदेशसभा सदस्य पूर्वाधार विकास कार्यक्रममा लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रत्यक्ष निर्वाचन जितेका प्रदेशसभा सदस्यले २ करोड रुपैयाँ र समानुपातिक पद्धतिबाट निर्वाचित प्रदेशसभा सदस्यले १ करोड रुपैयाँको योजना छनोट गर्न पाउनेछन् ।

प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानी योजनाका लागि चार करोड रुपैयाँ विनियोजन गरेको छ । भुमिगत पानी उत्पादन र वितरण सुधारका लागि चार करोड विनियोजन गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

३२ जेष्ठ २०८०, बिहीबार १७:५४  मा प्रकाशित

Write your Comment