प्रदेश सासंद देवनारायण चौधरीद्वारा नाला सिलन्यास 

४ असार २०८०, सोमबार २०:३९ प्रकाशित

सिमरा ०४ असार :

बारा क्षेत्र नम्बर ४ क का प्रदेश सासंद देवनारायण चौधरीको संसदिय क्षेत्र बिकास कोषबाट जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ३ मा १० लाखको लागतमा नाला निर्माण कार्य सुरू भएको छ ।

नाला निर्माण कार्यको प्रदेश सासंद चौधरीले आज सिलन्यास गर्नु भएको छ । वडा नं ३ स्थित शंकर पाख्रिनको घरदेखि मूलचोक सम्म करिब १०० मिटर नाला निर्माण हुने वडा अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभयो ।

सिलन्यास कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य मनोज पौडेल, जिल्ला सदस्य अमृतलाल श्रेष्ठ, वडा अध्यक्ष ताराबहादुर कार्की, रबिन्द्र खकुरेल, श्रीराम रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

४ असार २०८०, सोमबार २०:३९  मा प्रकाशित

Write your Comment