जननेता मदन भण्डारीको जन्मजयन्तीमा अखिलको वक्तृत्वकला कार्यक्रम सम्पन्न,सिमराकी अनुशा प्रथम

१४ असार २०८०, बिहीबार १४:४९ प्रकाशित

 

 

 

 

 

 

असार १४, सिमरा

जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन जीतपुरसिमरा उपमहानगरपालिका कमिटिको आयोजनामा बक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । सिमरा स्थित सिमरा कलेजको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

‘भूराजनिति र नेपाल’ बिषयमा जीतपुरसिमरा उपमहानगरका ७ बिद्यालयका बिद्यार्थीहरूले आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेरामाबि सिमराकी छात्रा अनुशा लामिछाने प्रथम भएकी छिन् । लामिछानेले नगद १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरीन् ।

यस्तै प्रोग्रेस एकेडेमी डुमरवानाकी छात्रा जिया सापकोटा द्वितीय भएकि छिन् । उनले नगद ५ हजार,मेडल र प्रमाणपत्र प्राप्त गरीन् । यस्तै न्यू एकता स्कुल सिमराका छात्र बिमल चौधरी तृतीय भएका छन् । उनले नगद ३ हजार, मेडल, तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने ब्राईटर एकेडेमी सिमराका छात्र हिमेश घिमिरेले सान्तवना पुरस्कार प्रमाण पत्र प्राप्त गरेका छन् ।

कार्यक्रममा एभरग्रीन एकेडेमी जितपुर, जनता माबि रजघट्टा र नेरामाबि अमलेखगन्जको समेत सहभागीता रहेको थियो । प्रतियोगितामा बिजेताहरूलाई कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य माननिय देबनारायण चौधरीले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा डुमरवाना क्याम्पसका सहायक क्याम्पस प्रमुख किशोर शर्मा, करैयामाई गाउपालिका शिक्षा प्रमुख लक्ष्मण भट्टराई र नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य लक्ष्मी खरेल रहनुभएको थियो ।                           

कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश सदस्य मनोज पौडेल, दिनेश्वर ठाकुर, अनेरास्ववियु मधेश प्रदेश संयोजक त्रिलोक बिक्रम ठकुरी,नेकपा एमाले बारा जिल्ला सदस्य अमृतलाल श्रेष्ठ, जीतपुरसिमरा उपमहानगरपालिका उपप्रमुख भोला अधिकारी, नेकपा एमाले वडा नं २ अध्यक्ष रबिन्द्र खकुरेल, अखिल केन्द्रीय सदस्य मनिष प्याकुरेल, लक्ष्मी तिमल्सिना, जिल्ला अध्यक्ष सरोज खनाल लगायतको उपस्थिति रहेको थियो ।

अखिल जीतपुरसिमरा उपमहानगर कमिटि अध्यक्ष ईश्वर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य मनिष प्याकुरेल र संचालन श्रीराम रेग्मीको रहेको थियो ।

१४ असार २०८०, बिहीबार १४:४९  मा प्रकाशित

Write your Comment