टांगियाबस्तीमा स्थानीयको घर र गोठ लागेको आगो नियन्त्रणमा

१९ आश्विन २०८०, शुक्रबार २२:२८ प्रकाशित

जीतपुरसिमरा १६ स्थित टांगियाबस्तीका श्याम विकको गोठ र भान्सा घरमा शुक्रबार राती लागेको आगो नियन्त्रणमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

भान्सा घरबाट आगो लाग्न सुरु भए लगत्तै नजिकै रहेको बोरिङ संचालन गरि आगो निभाउने प्रयास गरिएको थियो । केही समयपछि जीतपुरसिमरा र निजगढबाट पुगेका दमकलले आगो पूर्णरुपमा नियन्त्रणमा लिएका हुन् ।

आगलागीबाट गोठ र भान्सा घरसहित खाधान्न पूर्णरुपमा जलेर नष्ट भएको स्थानीय अगुवा रमेश सापकोटाले जानकारी दिएका छन् । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

आगो फैलन नदिन र तत्कालै नियन्त्रणमा लिन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेलले समन्वय गरेका थिए । नगर प्रमुख पौडेल र वडाध्यक्ष खरेल घटनास्थल समेत पुगेका थिए ।

१९ आश्विन २०८०, शुक्रबार २२:२८  मा प्रकाशित

Write your Comment