प्रभात टोलमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

२७ आश्विन २०८०, शनिबार ११:२२ प्रकाशित

असोज २७, सिमरा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ मा रहेको प्रभात टोलमा आज बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

प्रभात टोल बिकास समितिको आयोजनामा “आफ्नो टोल आफै सफा गरौ” भन्ने उद्देश्यले सरसफाई कार्यक्रम गरिएको समितिका अध्यक्ष मधुसूदन कडेलले जानकारी दिनुभयो।  नजिकिदै गरेको दशैपर्बलाई मध्यनजर गरी टोलमा रहेका नाला, बाटो सफा गरिएको अध्यक्ष कडेलले बताउनुभयो ।

सरसफाई कार्यक्रम बाट करिब ३ ट्रयाक्टर फोहोर संकलन भएको र सो फोहोरलाई वडाको सहयोगमा बिसर्जनका लागी पठाईएको समितिका सचिब पारस पोखरेलले बताउनुभयो ।

आगामी दिनमा पनि टोललाई सधै सफा राख्न सरसफाई कार्यक्रम गरिने, जथाभाबि फोहोर फाल्नेलाइ जरिवाना गरिने र ठाउठाउमा डस्टबिनको व्यवस्था गरिने समेत सचिव पोखरेलले जानकारी दिनुभयो ।

बृहत सरसफाई कार्यक्रममा टोल बिकास समितिका पदाधिकारी, वडा नं २ का वडा सदस्य उद्दव गौतम, स्थानीय समाजसेवी लगायत करिब १०० जनाको सहभागिता रहेको थियो । समितिमा करिब १८३ घरधुरी संख्या रहेको छ ।

२७ आश्विन २०८०, शनिबार ११:२२  मा प्रकाशित

Write your Comment