सिमरामा मदन-आश्रीत राष्ट्रीय क्रिकेट प्रतियोगिता आयोजना हुने

२९ मंसिर २०८०, शुक्रबार १५:०४ प्रकाशित

नेकपा एमाले निकट नेपाल खेलकुद महासङले माघको पहिलो हप्ता बाट सिमरामा मदन-आश्रीत स्मृती राष्ट्रीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।
महासङ्को जितपुरसिमरा उपमहानगरको आज सिमरामा सम्पन्न भेलाले यस्तो निर्णय गरेको हो ।
नेकपा एमाले मधेस प्रदेश कमिटिका सचिब मनोज पौडेलको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा पौडेलले खेल क्षेत्रको विकासको लागि प्रदेश सरकार र स्थानीय तहले कुल बजेटको १ प्रतिशत बजेट खेलका लागि छुट्याउन माग गर्नु भयो । उहाँले स्थानीय तहले एक पालिका एक खेलमैदान,एक स्पोर्ट एकेडेमी र एक कबड हलको कार्यक्रमलाई ल्याउनुपर्ने कुरामा जोड दिनु भयो । सचिब पौडेलले खेलाडीको प्रोहत्साहनका लागि खेलाडी भत्ताको ब्यबस्था गर्न स्थानिय सरकार सग माग गर्नु भयो । सिमरामा राष्ट्रिय राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना भएमा खेल क्षेत्रमा जितपुरसिमराको नयाँ पहिचान कायमहुने दाबी पौडेलले गर्नुभयो।
जितपुरसिमरा उपमहानगर कमिटीमा अध्यक्ष सोमलाल बोम्जनको अध्यक्षतामा र रबिन्द्र खकुरेलको सहजिकरण र गणेश थपलियाको स्वागतमा सम्पन्न भेलामा एमाले प्रदेश कमिटीका सदस्य कमलेश झा खेलकुद महासंघ प्रदेश उपाध्यक्ष सम्झना राई ,युवासघका नगर अध्यक्ष आरीफ हुसैन,सेराजुल अन्सारी, मानव खनाल, आयुष न्यौपाने लगायतले प्रतियोगिता सञ्चालनका लागि गर्नुपर्ने तयारीका विषयमा आ-आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रममा अनेरास्वबियुका नगर अध्यक्ष ईश्वर बस्नेत नेकपा एमालेका नेता विनोद बस्नेत मनहरी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

२९ मंसिर २०८०, शुक्रबार १५:०४  मा प्रकाशित

Write your Comment