एमाले रौतहटको १० औ जिल्ला अधिबेशन माघ १२ गते गरुडामा हुने

६ पुष २०८०, शुक्रबार १६:१६ प्रकाशित

नेकपा एमाले जिल्ला कमिटी रौतहटको बैठक गरुडामा सम्पन्न भएको छ । बैठकले नेकपा एमाले रौतहटको १० औ जिल्ला अधिबेशन माघ १२ र १३ गते गरुडामा गर्ने निर्णय गरेको छ । अधिबेशन तयारिका लागी विभिन्न उप समिती समेत गठन गरिएको छ । अधिबेशनमा प्रत्येक पालिका बाट ५० जना सङगठित सदस्य बाराबर ५ जना प्रतिनिधि चयन गर्ने,५० जना भन्दा बढी सदस्य भएमा २० जनामा थप १/१ जनाका दरले थप गर्दै जाने निर्णय गरेको छ । त्यसैगरी अधिबेशन भएका जनसङठन बाट ३ जना र अधिबेशन हुन नसकेका जनसङठनका जिल्ला कमिटीबाट २ जनाको दरले प्रतिनिधित्व गराउनुका साथै जिल्ला भरिका पालिकामा माघ ३ गते एकै दिन प्रतिनिधि छनौट गर्ने निर्णय गरेको छ । जिल्ला कमिटिका सम्योजक सचितानन्द साहको अध्यक्षतामा र पोलिटब्युरो सदस्य तथा रौतहट जिल्ला इन्चार्ज पुरुषोत्तम पौडेलको प्रमुख आथित्यतामा सम्पन्न बैठकमा मधेस प्रदेश कमिटिका अध्यक्ष चन्देस्वर मण्डल,प्रदेश सचिब मनोज पौडेल लगायतले बोल्नु भएको थियो । बैठकमा केन्द्रीय कमिटी सदस्यहरु उधब रेग्मी,अजय गुप्ता,रेखा झा,प्रदेश उपसचिव आरती भण्डारिलगायतको उपस्थिती रहेको थियो ।

६ पुष २०८०, शुक्रबार १६:१६  मा प्रकाशित

Write your Comment