गढीमाईको बलि दिएको सिनो बहिष्कार गर्ने निर्णयमा किन अडिन सकेनन दलितहरु/अगुवा भन्छन बिस्तारै कार्यान्वन गछौ ।

१७ मंसिर २०७६, मंगलवार २१:१३ प्रकाशित

बारा १७ मंसिर
बिश्व प्रसिद्ध पञ्चबर्षीय गढिमाईको बलिदिइएका रांगाको मासु बहिष्कार गर्ने निर्णय गरेका दलितहरुले अन्तत बलिदिएको रांगा लगेका छन । अघिल्ला बर्षहरुमा बलि दिएकै दिनमा दलितहरुलाई रांगा लैजान समितीले रोक लगाउने गरेको भोलि पल्टमात्र लैजाने अनुमति दिने गरेको थियो भने यस पटक बलि दिएको केहि समयमै रांगा लैजान छुट गरीएको थियो । दलित समुदायले बलीदिएको रांगा भोली पल्ट सिनो हुने भएकोले बहिष्कार गर्ने सार्वजनिक रुपमै घोषणा गरेका थिए । दलितहरुको सिनो बहिष्कारको घोषणा पछि मेला समिती पनि लचिलो बनेको देखिन्छ ।
हामिले सिनो बहिष्कार गर्ने घोषणा गरेका थियौ तर आजै बलि दिएको रांगा लैजान छुट गरीएकोले दलित साथीहरुले लैजानु भएको छ सिनो बहिष्कार अभियानका संयोजक तथा दलित अगुवा दशरथ रामले भन्नु भयो । यसलाई हामिले बिस्तारै कार्यान्वन गदै जानेछौ रामको भनाइ थियो ।
भिडियो तल हेनुहोस

१७ मंसिर २०७६, मंगलवार २१:१३  मा प्रकाशित

Write your Comment