राष्ट्रिय गौरवका आयोजनाहरु ५ वर्षभित्र सम्पन्न गर्ने सरकारको योजना छ-उपाध्यक्ष डा कंडेल

२७ फाल्गुन २०७६, मंगलवार १२:१९ प्रकाशित

बारा २७ फागुन
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेलले पाँच बर्षभित्रमा राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणको काम सम्पन्न गर्ने सरकारको योजना रहेको बताउनुभएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ,तराईसँग राजधानी जोड्ने फास्ट ट्याक, हुलाकी सडक निरीक्षण पछि बारा टागिया बस्तिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।उहाँले व्यवस्थापनको खासै समस्या नभएको र यहाँका जनताको भावनाअनुसार नै बस्ती व्यवस्थापन गरिने स्पष्ट पार्नुभयो । डा.कडेलले राष्ट्रिय गौरवका आयोजना र प्रदेश नं २ का योजनाहरु निर्माणकालागि बजेट अभाव हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
भिडियो तल हेर्नुहोस् …

२७ फाल्गुन २०७६, मंगलवार १२:१९  मा प्रकाशित

Write your Comment